अस्पतालकाे एम्बुलेन्स घुमफिरको लागि प्रयोग हुने गरेको खुलासा

  • ३ माघ २०७७, शनिबार १७:३८ मा प्रकाशित
  •  मेलम्ची । मेलम्ची अस्पताल प्रालिमा रहेकाे एम्बुलेन्स स्वास्थ्य सेवाका काममा बाहेक घुमफिर र रमाइलोका लागि समेत प्रयाेग हुने गरेकाे खुलासा भएको छ ।
    स्थानीयका अनुसार बा११ च ७३४९ नम्बरकाे एम्बुलेन्स आज  ५/६ जना सवारलाई लिएर हेलम्बु गाउँपालिकामा विभिन्न स्थानमा घुमफिरका लागि निस्किएको थियो ।
    उनिहरु आज पाल्चाेक मन्दिर पुगेकाे स्राेतले जानकारी दिएको छ । साे पश्चात् एम्बुलेन्समा सवार उनिहरु किउलमा रहेकाे भण्डारी रेन्बाे ट्राउट रिसाेर्टमा खाना नास्ता  गर्दै ३ घण्टा पछि उनिहरु मेलम्ची फर्किएकाे किउलका स्थानीयले जानकारी दिए ।
    अस्पतालको प्रशासनले  भने घुमफिरका लागि एम्बुलेन्स प्रयाेग नगरिने गरेकाे दावी गरेको छ । घुमफिर क्रमबारे जानकारी गराएपछि मन्दिर दर्शनका लागि अस्पतालका कर्मचारीहरू गएकाे  स्विकार भने अस्पतालले गरेकाे छ ।
    सोहि समाचारको लागि आजै अस्पतालकाे भवनकाे फाेटाे खिच्न गएका पत्रकार दिपिन ढुंगानामाथि अस्पतालमा दुर्व्यवहार समेत गरिएकाे छ । ढुंगानाले खिचेका फाेटाे डिलिट गरेपछि मात्रै उनीहरूले छाडेका थिए । समाचार नयाँअभियान बाट लिइएको हो ।

    Leave a Reply