अपाङ्ग्ता परिचय पत्र बितरणका लागि जिराभवानी गाउँपालीकामा घुम्ती शिबिर सम्पन्न

  • ६ माघ २०७७, मंगलवार १६:५८ मा प्रकाशित
  • मेघराज राय ,जिराभवानी माघ ०६/

    अपङ्गता परिचय पत्र वितरणका लागि घुम्ती सिविर कार्यक्रम अन्तर्गत आज पर्साको जिराभवानी गाउँ पालिका वार्ड नम्बर एक को वार्डा कार्यालय मा समपन्न भएको छ । सिविरमा वार्ड भित्र रहेका अपाङता भएका व्यक्तिहरुला रातो र निलो परिचय पत्र बितरण गरिएको हो । सिविर मा वार्ड नम्बर एक पकडी टोल का अति अपाङ साहिला काजी थारु लाई बितरण सिविर को उदघाटन गरिएको हो ।


    जिराभवानी गाउँ पालिका को आयोजनामा समपन्न कार्यक्रम सिविर का संयोजक उषा देवि थरुनी गाउँपालिका का प्रसाशकिय अधिकृत प्राण मेहता वार्ड नामक एक का वार्ड अध्यक्ष शेख नुमान आजम वार्ड सचिव प्रभु यादव गाउँपालिका का स्वास्थ संयोजक सफिकुल अन्सारी डक्टर हरु दिपेन्द्र कुमार मण्डल डा मृगेन्द्र सिंह यादव , डा श्रीमति दिपिका सिंह , र रोसनी अचार्य ले सिविरमा अपाङ्ता भएका व्यक्ति हरुलाइ पहिचान गरि परिचय पत्र बितरण गरेका थिए ।


    यसरी गाउँ पालिका को वार्ड वार्ड मा गएर अपांग हरुलाइ पहिचान गरि बितरण बितरन गर्न थालिएपछी स्थानीय अपाङ्ता भएका व्यक्ति हरु हर्सित भएका छन पहिला अपाङ्गता परिचय पत्र को लागि बिरगंज जानू पर्ने बाध्यता को कारण ले कतिपय अपाङ्ता भएका व्यक्ति हरु अपाङ्ग भाता बाट बन्चित भएको कारण ले गाउँ पालिका को वार्ड वार्ड मा गएर अपाङ्गगता परिचय पत्र बितरण घुम्ती शिबिर सन्चालन गरिएको गाउँ पालिका का प्रशासकीय अधिकृत प्राण मेहता ले जानकारी दिनुभयो

    Leave a Reply