साउदी अरब सरकार द्वारा एक तर्फी हवाई उडान खुल्ला !

  • १३ पुष २०७७, सोमबार १०:०१ मा प्रकाशित

  • साउदी अरब सरकारले साउदीबाट बाहिरिने विदेशीहरूको हकमा भने उडान सुचारु गर्ने निर्णय गरेको छ।
    समाचारपत्र सऊदी गजेट प्रकाशित समाचार अनुसार विदेशी हवाई कम्पनि हरुले यात्रुहरु एकतर्फीरुपमा लैजान सक्नेछन् !
    तर चालक दलका सदस्यहरुले विमानबाट बाहिर निस्किन भने पाउनेछैनन् त्यस्तो निर्णयले भाइरसलाई फैलिन बाट रोक्नु का साथै साउदीअरब बाट बाहिरिने यात्रुहरुलाई सहज वातावरण निर्माण हुने विश्वास गरिएको छ।

    । गत आईतवार केही दिन देखि युरोपियन मुलिकमा देखिएको कोरोना भाइरसको  नया रुपले  गर्दा साउदी अरवले  साउदी अरवमा हुने आवतजावतका हवाई उडान तथा सामुद्रिक बन्दरगाहबाट हुने आवागमन  सेवा बन्द गरेको थियो ।
    त्यस बन्द सगै नेपालमा साउदीबाट हुने सबै उडान पनि बन्द भएको अवस्था थियो अनन्त त्यो आजबाट पुन सुचारु भएकोछ समाचारमा जनाइए अनुसार साउदी अरवबाट नेपाल जान चाहने सबै नेपाली आफ्नो देश फर्कन सक्ने छन् भने जादा  कोरोना भाइरसको   फैलावट रोक्न गर्नु पर्ने सबै सावधानी पूर्ण पालाना गर्नु पर्ने छ !
    साउदी अरवबाट नेपाल जान सक्ने समाचार आए पनि साउदी अरवबाट नेपाल  उडान गराउने आधिरिक सस्था  जीएसीए का अनुसार भने साउदी अरवबाट  रेगुलर उडान नभई  चार्टर्ड उडान संचालन गराउने अनुमति  दिएको खुल्न आएको छ  ।  

    Leave a Reply