राजसंस्था र हिन्दुराज्यको पक्षमा बुटवलमा र्‍याली सहित प्रदर्शन

  • २६ मंसिर २०७७, शुक्रबार २१:२२ मा प्रकाशित
  • बुटवल, २६ मंसिर
    रुपन्देही जिल्लाको बुटवलमा शुक्रवार राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै बृहत र्‍याली प्रदर्शन गरिएको छ । मोटरसाइकल तथा कार सहितको उक्त र्‍यालीको आयोजना शिव सेना नेपालले गरेको थियो ।

    गाडीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर र राष्ट्रिय झण्डा राखेर सुरुभएको र्‍याली विभिन्न नाराबाजी गर्दै भलवारी, बुद्धचोक, मिलनचोक लगायत विभिन्न स्थानको परिक्रमा गर्दै पुनः बुद्धचोकमा पुगेर कोणसभा परिणत भएको थियो ।

    र्‍याली पछि आयोजित कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल लगायतका ब्यक्तिहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।

    कार्यक्रमका वक्ताहरूले मुलुकमा राष्ट्रिय एकता, अखण्डता एवं धर्म रक्षाका लागि राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना अपरिहार्य रहेको भनाइ राखेका थिए ।

    Leave a Reply