दुईजना निर्वाचित जनप्रतिनिधि सहित कांग्रेसका ४६ जना नेकपामा प्रवेश

  • १६ मंसिर २०७७, मंगलवार ०४:३८ मा प्रकाशित
  • कमिरेचौर, दाङ, १५ मंसिर
    दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर १ का २ जना निर्वाचित जनप्रतिनिधि सहित ४६ जना व्यक्तिले नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट बंगलाचुली गापा वडा नं. १ को वडासदस्य पदमा निर्वाचित चन्द्र कुमार घर्ती र दलित महिला सदस्य राधिका नेपालीले कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका हुन । उनिहरु सँगै सोही वडाका अन्य ४४ जना ब्यक्तिहरुले कांग्रेस त्यागी नेकपामा प्रवेश गरेका हुन ।

    यसरी काग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा ऋषिराम भण्डारी, गोकर्ण घर्ती, रिखा घर्ती, भिम बहादुर टोमटा, छविलाल वि.क, सुभान वि.क., तुलसा सार्की, प्रकाश पुन, पार्वता परियार, कुमार आर.सी. गणेश के.सी लगाएतका ब्यक्तिहरु रहेका छन ।

    आफु सम्बद्ध पार्टी नेपाली कांग्रेस गरिव दुःखी जनताको सेवा भन्दा व्यक्तिगत स्वार्थमा लाग्ने र जनतालाई धोखा दिने कार्यमा लिप्त रहेकाले बाध्य भएर नेकपामा प्रवेश गर्नु परेको नवप्रवेशीहरुको अभिमत रहेको छ । साथै उनिहरुले नेकपा गरिव दुखिको सेवामा सदा तत्पर रहेको एक सच्चा अभिभावक भएको हुँदा नेकपामै बसेर समाज सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँ पार्टी अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य एवंम पार्टिका जिल्ला सल्लाहकार सदस्य संकरलाल घर्ती, दुईनम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर र नेकपा पुर्व जिल्ला समिति सदस्य गिर बहादुर कवर मगरको विशिष्ट आतिथ्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपार्टी सदस्य सन्तराम भण्डारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण गाउँपार्टी महिला सदस्य कुसुम पुनले गरेकी थिइन् ।

    Leave a Reply