
दाङ, २५ मंसीर
तुलसीपुरको पातुखोलामा नयाँ पुल निर्माणका लागि शिलान्यास गरिएको छ । राइखलियान–टिकरी जोड्ने उद्देश्यले पातुखोलामा निर्माण गर्न लागिएको उक्त पुलको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बिहीबार वैदिक विधिपुर्वक पुजाआजा गरि गरेका हुन ।
तुलसीपुर बजारबाट पश्चिम जोड्नका लागि पातुखोलामा हालसम्म एकमात्र पक्की पुल रहेको थियो ।
पुल शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री पोख्रेलले पश्चिम दाङ विकासको दृष्टिले पछि नपर्ने र तिब्रगतीमा विकास निर्माणका काम अघि बढ्ने उल्लेख गरे । साथै उनले कर्णालीको उपमा पाएको पश्चिम दाङको गङटेमा समेत सडक योजनाको काम प्रदेश सरकारबाट अघि बढि सकेको बताए ।
कुल लम्बाई ७० मिटर र चौडाई १० मिटर क्षेत्रफलमा निर्माण हुने उक्त पुलको लागत भने ८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैयाँ रहेको छ ।
पुलको निर्माण कार्य २०७९ असोज ३० गते भित्र सकिसक्ने गरि गत कात्तिक ३ गते हिराचन/जलजला/जयमाँ स्वर्गद्धारी जेभि दाङले निर्माण सम्झौता गरेको थियो ।

