गुड्दागुड्दै हिरो एक्सपल्स २०० मा आगलागी, घटना सार्वजनिक नर्गन शोरुमको दबाव !

  • १६ मंसिर २०७७, मंगलवार १२:२८ मा प्रकाशित
  • काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय मोटरसाइकलमा आगो लागेको भिडियो समाजिक संजालमा भाइरल भएको छ । गुड्दै गरेको मोटरसाइकलको सिट मुनीबाट आगो बल्न शुुरु भएको देखिन्छ ।
    सो भिडिओ सामाजिक संजालमा भाइरल भएपछि यो मोटरसाइकलको ट्रोल भइरहेको छ ।
    यो घटना आज भन्दा एक महिना अगाडि घटेको पीडित मोटरसाइक धनी विकाश आर्चायले भने । ‘१ महिना अगाडि किनेको ३ दिनपछि नै अफिसबाट घर जाँदै गर्दा केहि समय गुडेपछि मोटरसाइकल अत्याधिक तातेको महशूस भयो । एकै छिनमा सिटबाट तातो आएपछि मोटरसाइकल रोक्दारोक्दै आगो बल्न शुरू भयो । एकै छिनमा मोटरसाइकल जलेर नष्ट भयो । धन्न आफूलाई केही भएन,’ आर्चायले भने ।
    एक्सपल्स २०० टेष्ट राइड गरेपछि आफूलाई मन परेको र यही मोटरसाइकल किनेको आर्चायले बताए । सवारी साधन हो केही न केही समस्या त आउछ । तर त्यसको समाधान आफूले नपाएको भन्दै आर्चायले कम्पनीप्रति नै प्रश्न गरेका छन् ।
    ‘एक महिना अघि नै घटना बारे जानकारी दिँदा कम्पनीले यो कुरा बाहिर नल्याउन भन्यो । केही दिनमा नै तपाईंको समस्या समाधान हुन्छ । मोटरसाइकलमा आगो लाकेको कुरा बाहिर नल्याउन हिरो मोटसाइकलको आधिकारिक शोरुम बाग्लुङले दबाव दियो,’ आचार्यले भने ।
    यस विषयमा हिरो आधिकारिक वितरक एनजीएम हिरोमा सम्पर्क गर्दा दुर्घटनमा भएको र दुर्घटनमा परेको मोटरसाइकल कम्पनीले काठमाडौं ल्याएको जानाकारी दिएको छ ।
    ‘मोटरसाइकलमा आगलागी हुनु निकै चिन्ताजनक विषय हो, एक्सपल्सको लाखौं यूनिट भारतमा नेपाल लागयतका देशमा गुडिरहेका छन् । यस विषयमा उत्पादक कम्पनी हिरोमोटो कर्प बाटनै विशेषज्ञहरु आएर अनुसन्धान गरिरहेका छन् । चाँडै समस्या पहिचान गरी हामी पीडित पक्षको समस्या सम्बोधन गर्छौ’, एनजीएम हिरोको चेयरम्यान अभिक ज्योतिले भने ।
    साभार : मेरोअटो

    Leave a Reply