
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले किसानलाई निर्बाहमुखी मात्र नभई व्यव्सायिक खेती गर्न आग्रह गरेका छन ।
शनिबार दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लि. साबिक दुवाचौर ४ र पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी साबिक दुवाचौर ३ को एकीकरण सयुक्त भेला उद्घाटन गर्दै उहाँले सहकारी मार्फत कृषि र पशुपालन गरि आयआर्जनमा वृद्धि गर्न आग्रह गरेका हुन । उहाँले एकै उदेश्य भएका सहकारी एकीकरण नगरमा यो दोश्रो भएको र क्रमश ः एकै उद्देश्य र एकै स्थानमा भएका सहकारी मर्ज गर्दै लैजाने बताए ।
सहकारी मार्फत लिएको रकम उत्पादन मुलक काममा लगानी गर्न आग्रह गर्दै नगर प्रमुख अर्यालले व्यवसायिक खेती पशुपालन गर्नेको उत्पादन बजारिकरण र ढुवानिमा नगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरपालिकाले सुत्केरि भैंसी र गाईलाई पोषण दाना अन्तर्गत क्रमश ः एक हजार र सात सय प्रदान गरिने र गाई भैंसी लगयात पशुपंक्षी बिमामा किसानले तिर्नु पर्ने रकममा नगरले ५० प्रतिशत तिरिदिने कार्यक्रम रहेको बताए । एकीकरण कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मेलम्ची ८ का अध्यक्ष ठकराज गिरि लगायतले सहकारी मार्फत देशको मुहार फेर्न सकिने भएकाले सहि ढंगले सहकारिले लगानी र किसानले उक्त रकम उपयोग गर्नुपर्नेमा जोड दिए। भेलाले अर्जुन गिरिको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।अन्य सद्स्य केही दिनमा चुनिने अध्यक्ष गिरिले जानकारी दिए ।
त्यस्तै मेलम्ची नगरपालिका भित्र रहेका ९० बर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज मेलम्ची ७ र ८ का ११ जनालाई हर्लिक्स र सिरक सहित नगर पमुख अर्यालले सम्मान गर्नुभएको नगर जेष्ठ नागरिक मन्चका अधक्ष्य एकादत्त धितालले जानकारी दिए ।

