
काठमाडौं,१६ कार्तिक । वरिष्ठ बाल रोग विशेषज्ञ डा.निलम अधिकारीको आइतबार निधन भएको छ। डा.अधिकारीको आफ्नै निवास ललितपुर ग्वार्कोमा निधन भएको हो। अधिकारी झन्डै एक वर्ष अघिदेखि स्तन क्यान्सर संग लडिरहनुभएको थियो। डा निलम पारिवारिक खोप पश्चात् हुनसक्ने अवाञ्छित घटना अनुसन्धान समितिका अध्यक्ष तथा सुरक्षित खोपकाे बिश्व सल्लाहकार समितिको पूर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो । क्यान्सर रोग लागेपछि ती पदबाट उहाँले राजीनामा दिनुभएको थियो। लामो समयसम्म पाटन अस्पतालमा बाल रोग विशेषज्ञको रुपमा कार्यरत निलम अवकाश पछि ग्वार्को स्थित बिएन्बि अस्पतालमा समेत काम गर्नु भएको थियो। आइतबार बिहान अचानक बेहोस भइ उहाँको निधन भएको हो। बरिस्ठ बाल राेग बिशेषज्ञ प्रा डा. अधिकारीले नेपालकाे बालराेग तथा खाेप क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ।
प्रा डा निलम अधिकारीको निधनप्रती धेरै चिकित्सकहरुले भावपूर्ण श्रद्धाञ्जलि तथा
शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्नुभएको छ ।
हेल्दिखबर बाट

