दाङको मौरीघाटमा सडक दुर्घटना, मोटरसाइकलमा सवार ३ जना ब्यक्तिको घटनास्थलमै मृत्यु

  • २६ कार्तिक २०७७, बुधबार ०८:०० मा प्रकाशित
  • दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरिघाटमा गए राति सडक दुर्घटना परि ३ जना ब्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको माेटरसाइकललाई हिजो साँझ अन्दाजी ८ बजे उक्त स्थानमा ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अन्दाजी २५ देखि ३० वर्ष उमेर समुहका मृतक तिनैजनाको शव टाउको फुटेको र खुट्टा चुडिएको अवस्थामा रहेको छ भने उनीहरुको नाम, ठेगाना खुल्न भने सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि लमही अस्पताल लमहीमा राखिएको छ ।

    Leave a Reply