जगरनाथपुर गाउंपालिकामा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

  • २२ कार्तिक २०७७, शनिबार २२:०९ मा प्रकाशित

  • संवाददाता
    वीरगंज २२ कातिक,

    पर्सा क्षेत्र नं.४ को जगरनाथपुर गाउंपालिकाको वार्ड नम्बर ४ मा जनमत पार्टीको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीको केन्द्रीय सदस्य अब्दुल खानले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नेहरुलाई अबिरको टिका र माला लगाई स्वागत गर्नु भएको थियो ।


    पार्टी प्रवेश गराउदै केन्द्रिय सदस्य खानले नैतिकताहिन, एजेन्डा विहिन जनता समाजबादी पार्टिको अवश्यकता न भएको चर्चा गर्दै कागं्रेस र कम्युनिष्टले ६० बर्ष देखि मधेशको सम्पत्ति दोहोन मात्र गरेको र ४० लाख भन्दा बढी नेपाली युवाहरुलाई विदेश जान बाध्य बनाएको आरोप समेत लगाउनु भयो । सो अवसरमा सयौं जना नेता कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका थिए ।
    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश शाह, हेम शाह, अनिता रौनियार, बिनय कुमार यादव लगायतका नेताहरुले आ–आफना मन्तब्य राखेका थिए । चन्दन चौहानको अध्यक्षतामा भएको कार्जक्रमको सहजीकरण रामनरेश पटेलले गर्नु भएको थियो

    Leave a Reply