“छोरीले नि छोरा सरह अधिकार पाको छैन अझै ” कविता “सलिना मियाँ”

  • १६ कार्तिक २०७७, आईतवार ००:३१ मा प्रकाशित
  • सलिना मियाँ “गोरखा”

    छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै
    सामाजिक बिक्रितिमै छुटिरहेको छ मानव अझै
    चल्दैन यो छोरी बिना मानव चक्र को संसार
    छोरीलाई नै तिरस्कार गरि किन खोसिन्छ उसको अधिकार
    छोरी पढाउछौ स्कुलमा छोराको छरे बोडिङमा मन
    दिदीभाइ बिचको बिभेदले नि कति दुखाउछ छोरिको मन
    छोरा छोरी बिच समानता छ मुखले भनिन्छ जहाँ
    छोरी लाई नै तिरस्कार गरि किन पछारिन्छ त्यहाँ
    छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै
    सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै
    छोरी भएर छोरिकै मर्म बुझ्दिदैनन किन यहाँ
    अशिक्षित छोरिको पीडा सोच्दिदैनन किन यहाँ
    छोराले नराम्रो गर्‍यो होनहार भयो भनिदिन्छ
    छोरीहरुले राम्रै गरेनि बदनामि हुन्छन् किन
    छोरालाइ बोडिङ पठाउछौ मिठो खाजा र राम्रो ब्याग बोकाएर
    छोरीलाई चाहिँ रित्तो झोलानी बोक्न दिदैनौ किन
    छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै
    सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै
    छोरी हरु स्कुल जान्छन् हतार तहार घास दाउरा गरेर
    छोरा हरु बिहान भरी सुतेपनी औंला उठाउदैन किन
    कहाँ छर छोरा छोरी बिच शिक्षामा समानता
    हामी आफुलाई चेतनशील प्राणी भन्छौ तर
    त्यही चेतनशील प्राणी भएर पनि छोरी लाई पशु सरह व्यबहार गरिन्छ किन
    छोरिले नि छोराले झै शिक्षा पाउनै पर्छ
    शिक्षा पाए छोरिले नि देश चलाउन सक्छ
    छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै
    सामाजिक बिक्रितिमै छुटिरहेको छ मानव अझै
    छोरा आउछ बोडिङ बाट खान अनि खेल्न पाउछ
    छोरीलाई चाइ खानै नदिइ काम लगाइन्छ किन
    छोरिले गरेको राम्रो काम पनि गलत ठानिन्छ यहाँ
    छोराले गरेको गलत काम लाई राम्रो मानिन्छ किन
    अझै पनि सोध्छ समाजले छोरी पडेर के गर्छ भनेर
    तर सोच्दैनन् अवसर पाए के-के गर्न सक्छ
    छोरी को शिक्षा पनि होनहार हुन्छ भनी बुझ्दैनन् किन
    छोराछोरी बिच समान शिक्षा,अधिकार छ त भनिन्छ
    तर त्यही छोरीको शिक्षा र अधिकार खोस्न खोजिन्छ किन
    छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै
    सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै

    Leave a Reply