कमिरेचौर, दाङ, १० मंसिर

दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले खरको छानो विस्थापन कार्यक्रमलाई तिब्रता दिएको छ ।
गाउँपालिकाले आफ्नो भौगोलिक क्षेत्र भित्र रहेका खरको छानोयुक्त घरधुरीहरुमा खरको छानो हटाई जस्तापाताको छानो लगाउनका खर छानो विस्थापन कार्यक्रम संचालन गर्दै आएको हो । जस अन्तर्गत गाउँपालिकाले यस अघि विभिन्न वडामा जस्तापाता वितरण गरिसकेको छ ।
पहिलो चरणमा पालिकाका अति विपन्न परिवारलाई जस्तापाता वितरण गर्दै आएको गाउँपालिकाले हिजो मंगलवार वडा नं.-८ का विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।
जस्तापाता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले गाउँपालिकामा खरको छानो भएका घरधुरी संख्या धेरै रहेका कारण एकै पटक सबैलाई टीन उपलब्ध गराउन नसकिएको जनाउनु भयो ।
साथै अध्यक्ष वलीले एकैपटक गा.पा. भित्रका खरको छानो भएका सम्पुर्ण घरधुरीहरु जस्तापाता उपलब्ध गराउन नसकिए पनि गाउँपालिका खरको छानो मुक्त नभएसम्म कार्यक्रम जारी रहने बताउनु भयो ।
बंगलाचुली गाउँपालिका वडा नं. ८ मा आयोजित उक्त जस्तापाता वितरण कार्यक्रममा गा.पा.अध्यक्ष भक्त बहादुर वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण अाचार्य, प्रशासन तथा याेजना प्रमुख गाेपाल केसी, सूचना प्रविधि अधिकृत सतन पाण्डे, अधिकृत दानसिंह रोकाय, वडा नं.८ का अध्यक्ष गिरराज बाँठा लगाएतका व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।