
उमेश कुशवाहा बीरगंज
आज अंतरराष्ट्रीय जेष्ठ नागरिक दिवसको उप्लक्षयमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्सा बिरगज र भोर संस्था संयोजनमा मानव सेवा आश्रम बिरगंज शाखामा आश्रित ३५ जना (लक्ष्मी नारायण तथा बालगोपाल )आमा बुवा , दाजु भाई तथा दिदी बहिनिहरुलाई निःशुल्क आयुर्बेद स्वास्थ्य शिविर आश्रम मैं पुगी स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ ।
साथै पेट रोग,बल बर्धक,इम्युन बस्टर, रुघाखोकि ,रसायन औषधि तथा गुरुचि चिया लगायत को अन्य औषधी हरु आयुर्बेद स्वस्थ्य कार्यलय बिरगंजको कार्यालय प्रमुख डॉक्टर रमेश मिश्र, ब कविराज नागेन्द्र प्रसाद पटेल सामाजिक अभियन्ता प्रकाश थारू को सहभागितामा आश्रमको प्रदेश नम्बर २ को संयोजक देबेश गुप्ता लाई निःशुल्क हस्तांतरण गर्नु भएको छ ।

