
रामसरन यादव कार्तिक १३
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं . २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु
आज आफनो गृह जिल्ला र जिल्लाको मध्य भागमा अवस्थित रहेको रौतहटको गरुडा नगरपालिमा आज कार्तिक १३ गते शुभकामना कार्यक्रम एक समारोह लाई संबोधन गर्दै । गरुडा नगरपालिकाको , महमदपुर आज बिहान बिहिबार बितेको विजया दशमी र आउँदाइ गरेको , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदानप्रदानतथाजनचेतना_कार्यक्रम
सम्पन्न भएको जनाइएको छ ।
महमदपुरका पुर्व गा बि स अध्यक्ष रामप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नेता रामप्रसाद यादवले सम्पूर्ण जनता जनार्दनमा हिन्दुहरूको महान पर्व बिजयादशमी,शुभदीपावली तथा छठ पर्वको शुभकामना दिदै सम्पूर्ण जन समुदायको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सांसद शाह बोल्दै
मदेशवादी पार्टी रूप बदलि बदली जनतालाई ठगी रहेको आरोप लगाएका छन् ।दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका-५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दल समाजमा भ्रम फैलाउन फरक फरक समयमा विभिन्न रुपमा प्रस्तुत भएको बहरुपिया पार्टी रहेको जीकिर गरे । मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र पहाडको नाममा जनतालाई ठग्ने गरेको उनको भनाई छ । उनले मधेशी दलले भ्रष्टाचार बढाउने र उदण्ड राजनीति गर्नतर्फ मात्र उद्दत रहेको आरोप लगाए ।
बाबुराम भट्टराई नेकपा माओवादीमा हुंदा पहाडीयाको पार्टी भनेर उफ्रिनेहरु अहिले उनै बाबुरामलाई नेता बनाएर बहुरुपी चरीत्र देखाएको उनको भनाई छ । “हिजो हामीलाई पहाडीयाको पार्टी भनेर कुर्लिने यीनै मधेशी पार्टी हुन् । बाबुराम भट्टराई नेकपा माओवादीका नेता हुंदा गाउँ गाउँ पहाडीयाको पार्टी भनेर पुत्ला जलाउने पनि यीनै हुन् । आफुलाई मधेशको ठेकेदार भन्ने यी मधेशवादीहरुको सर्वोच्च नेता बाबुराम भट्टराई हुन् । अब चाहिँ के भन्नेहोला यीनिहरुले ।” सांसद साहले भने, “यीनीहरु भ्रम सृजना गर्ने बहरुपिया ठगहरु मात्र हुन् । भ्रष्टाचार र उदण्डता मात्र मधेशवादीको विशेषता हो ।”
“आज तपाई नजर घुमाएर हेर्न सक्नुहुन्छ, जहाँ जहाँ मधेशी दल छ त्यहाँ भ्रष्टाचार छ, त्यहाँ मधेशीमाथि शोषण छ । चाहे त्यो स्थानीय तहमा होस् चाहे प्रदेश २ को सरकार होस् मधेशवादी दलले भ्रष्टाचारको अड्डा बनाएर राखेको छ ।” उनले भने, “समृद्ध मधेशका लागि यस्ता बहुरुपिया ठगलाई समयमै रोक्न जरुरी छ ।”सांसद साहले संघ सरकारले मधेशमा संचालन गर्ने सबै कार्यक्रम एवम् परियोजनामा मधेशवादी दलले बाधा पुर्याई काम अवरुद्ध गरेको प्रति आपत्ति जनाए ।
रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।
कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , ,कटहरिया नपाको नगर प्रमुख सियाराम कुस्वाहा देवाही नापा उप प्रमुख प्रनिया पटेल मौलपुर ना पाको नगर प्रमुख रीना साह नेता चन्देश्वर वैठा नेता,
चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को; नेता ब्रहामानरायन यादव सन्जय साह पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

