
कमिरेचौर, २ कार्तिक
दाङको बंगलाचुली गाउँपालिकाले अविरल वर्षाका कारण घरबास गुमाएका परिवारलाई राहात प्रदान गरेको छ । वर्षापिडित बंगलाचुली गाउँपालिका वडा नं.-५ का ७ घर परिवारलाई आईतबार बंगलाचुली गाउँपालिका कार्यालय कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरि राहात प्रदान गरिएको हो।
पीडित परिवारलाई बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली ,उपाध्यक्ष यमुना थापामगर , निमित्त प्र.प्र.अ. नारायण प्रसाद आचार्य , वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्री लगाएतले राहत स्वरुप नगद रकम हस्तान्तरण गरेका थिए ।


