
नेपालीराजदुताबासद्वारा कामदारको समस्या सम्बोधन गर्न हेल्प डेस्क
नेपाली राजदुताबासद्वारा प्रबासि नेपाली समन्वय समितिको आयोजनामा हेल्प डेस्कको आजोजना हुने भएको छ।
कोरोना महामारीका कारण समस्या झेलिरहेका नेपाली कामदारहरूको समस्या बुझ्न र सहजिकरण गर्न स्थानिय स्तरमै दुताबासका श्रम काउन्सिलरको समुपश्थितिमा जुबेलको एभरेष्ट होटलमा आउने शुक्रवार अक्टोबर ९ तारिखमा बिहान १० बजेदेखि हेल्प डेस्क संचालन हुने भएकोछ।
प्रभावित कामदारहरूले समस्या राख्न आउदा आफुसंग भएको पासपोर्ट,इकामा आदी कागजात साथमा लिएर आउनुहुन जनकारी गराइन्छ। साथै कोरोनाको महामारिको कहर अझै छदैछ, यसर्थ अनिवार्य मास्क लाउने र सामाजिक दुरि कायम राख्न समेत जानकारि गराइन्छ,

