बिरगंज , असोज १७
पोखरीया नगरपालिकामा शनिबार निसुल्क आँखा शिवीर कार्यक्रम सन्चालन भएको थियो ।
बनकटवा युवा उत्थान समिति पोखरिया वडा न.१ को आयोजनामा श्री जिल्ला उच्चाङ्ग्ल रामदेव कलवार मा. बि. पोखरियाको प्राङ्गणमा मार्टिका आई फाउन्डेसन बिरगंजको सहयोगमा र वडा न.१ का वडा अध्यक्ष हिर्दय नारायण प्रसाद कुर्मीको विशेष पहलमा निसुल्क आँखा शिबिर कार्यक्रम भएको थियो ।
वडा न.१ का वडा अध्यक्ष हिर्दय नारायण प्रसाद कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरीया नगर पालिकाका मेयर दिप नारायण प्रसाद रौनियार , उपमेयर सलमा खातुन , पुर्व सान्सद प्रधुमन चौहान , पुर्व सान्सद रामेस्वर रौनियार , जसपाका नेता नेजामुदिन समानी , डा. जगत नारायण गिरि , वडा न.१ का वडा सदस्य श्री श्याम ठाकुर , पोखरिया रेडक्रस सोसाइटीका सभापति भगवान प्रसाद कुर्मी , नेपाल पत्रकार महासघ प्रदेस न.२ का उपाध्यक्ष केसि लामिछाने , पत्रकार महासघ पर्साका उपाध्यक्ष अनुप तिवारी ! आकाश एफएमका धर्मेन्द्र चौरसिया , मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी लगायतकाको उपस्थिति रहेको थियो ।
निसुल्क आखा शिबिरमा छनौट भएका मोतिया बिन्दुका बिरामीहरुको निसुल्क शल्यक्रिया ( अपरेसन ) गरिने डा. महेश सिंह धामीले पर्सा पोस्टलाई बताउनु भयो।
शिबिरमा उल्लेखनीय सहभागिता रहेको र आज चेकजाँच गर्न नभियाए भोलि पनि चेकजाँच गर्ने डा. धामिले जानकारी गराए ।


