धम्की दिँदै गोली लोड गरेको पेस्तोलसहित २३ वर्षीय युवक पक्राउ

  • १४ कार्तिक २०७७, शुक्रबार १२:३२ मा प्रकाशित
  • सुनसरी, १४ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बाट हतियारसहित एक युवा पक्राउ परेका छन् । उनको साथबाट गोली लोड गरेको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय २३ वर्षीय टुमासिंह यादवलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सुराकीका आधारमा घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारेपछि यादवलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको आरोप छ । स्थानीयको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।

    उनको साथमा हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए । पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । नेपाल खोज डट कममा बाट

    Leave a Reply