तुलसीपुर उपमहानगरमा आज ८ जना कोरोना मुक्त, हालसम्म कोरोना मुक्त हुनेको संख्या २ सय ३४ पुग्यो

  • २ कार्तिक २०७७, आईतवार २०:०७ मा प्रकाशित
  • तुलसीपुर, २ कार्तिक
    तुलसीपुर उपमहानगरपालिकामा आज ८ जना ब्यक्ति कोरोना मुक्त भएका छन । आज कोरोना मुक्त भएका सहित हालसम्म कोरोना मुक्त हुनेको संख्या २ सय ३४ पुगेको छ ।

    आज कोरोना मुक्त हुनेमा कोरोना संक्रमित भई १४ दिनसम्म होम आईसोलेसनमा वसेका र कुनै पनि कोरोना संग सम्बन्धित लक्षण नदेखिएका साथै पुनः पिसिआर परिक्षणबाट नेगेटिभ रिपोर्ट आएका ८ जना ब्यक्तिलाई होम आईसोलेसनवाट डिस्चार्ज गरिएको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

    उनका अनुसार डिस्चार्ज हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ३५ वर्षिय महिला १ जना र ३१, ३२ र ३४ वर्षिय पुरुष ३ जना गरि जम्मा ४ जना रहेका छन ।

    त्यस्तै डिस्चार्ज हुनेमा वडा नं ६ का १५, ३० र ३६ वर्षिय पुरुष ३ जना रहेका छन भने वडा नं १० का २१ वर्षिय १ जना महिला रहेकी छन ।

    त्यसै गरि सकृय संक्रमित संख्या भने १ सय ४४ रहेको छ भने कुल कोरोना संक्रमित संख्या ३ सय ७८ जना रहेको छ।

    Leave a Reply