
काठमाडौँ – जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ।
सोमबार र मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो।
जसपामा कार्यकारी अधिकार कार्यकारिणी समितिमा रहने र संघीय परिषद् वृहत तर सेरेमोनियल संचना हो।
जसमा एक हजारभन्दा बढी सदस्य हुन्छन्। विधानमा केन्द्रीय कार्यकारिणी समितिभन्दा महाधिवेशनभन्दा तल रहेन गरी परिषद् रहने उल्लेख छ।
राजपा र संघीय समाजवादी दल एकीकरण भए पछि जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव भएका थिए । गत वैशाखमा जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए। देश संचार बाट।

