चर्चित कलाकार हरिवंश आचार्यको दम्पती कोरोना संक्रमित

  • २० आश्विन २०७७, मंगलवार १७:५१ मा प्रकाशित
  • २० असोज २०७७, समर्पण रम्जान

    नेपाली कलाकारिता क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यको दम्पति लाई कोरोना पोजेटिभ देखिएको छ ।
    सामान्य लक्षण देखिएकोले हिंजो उहाँ र उनको श्रीमती रमिला आचार्यको PCR Test गर्दा दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको कुरा हरिवंश आचार्यले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिइएका छन् | पेजबाट जानकारी गराउदै हरिवंशले आफ्नो स्वास्थ्य अवस्था सामान्य छ रहेको र उहाँहरुसित सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरेका छन् ।
    आफु सित सम्पर्कमा रहेका सम्पुर्ण साथिभाइहरुलाइ निर्धारित समयमा परीक्षण गराउन अनुरोध गर्दै आफ्नो शुभचिन्तकहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने प्रण गरेका छन् | हरिवंशले कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गरेका छन् |

    Leave a Reply