पर्सा २१ जिल्ला पर्सा कालिकामाई गाउँपालिका-४ पर्शुराम स्थित डङ्गोल खोलामा हात खुट्टा बाधेको र घाँटिमा “/डोरी कसिएको अनुहार पानिमा डुबेको अवस्थामा शरिरको आधा भाग देखिएको अन्दाजी बर्ष ४०/५० की हाल सम्म नाम थर वतन नखुलेको महिलाको मृत अवस्था लास फेला परेको हुँदा निजको हालसम्म पहिचान नभकोले आफन्त तथा चिन्नु हुने व्यक्तिहरुले नजिकको प्रहरी ईकाई तथा जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।
निम्नः–

शरीरको माथिल्लो भागमा रातोमा पहेलो रंगको बुट्टा भएको चोलो लगाएको छात्ती भन्दा मुनी नग्न रहेको) दुबै हात क्रस गरी खैरो रंगको कपडाको डोरीले बाँधिएको अवस्थामा रहेको दाहिने तथा बाँया हातको काईली औलामा सुन जस्तो देखिने पहेलो धातुको औठी लगाएको, र दाहिने हातको नाडीमा हरियो रंगको बाला समेत लगाएको, दुबै खुट्टा सिधा रही क्रस गरी गुलावि रंगको पेटिकोटको कपडाले बाधिएको र दुबै खुट्टामा चाँदी जस्तो देखिने धातुको पाउजु समेत लगाएको, अनुहारमा रातोमा पहेलो रंगको बुट्टा भएको साडीले कसीएको अवस्थामा रही घाँटिमा समेत सोही साडी बेरीएको अवस्थामा रहेको र घाँटीमा कालो रंगको पोतेमा सुन जस्तो देखिने पहेलो धातुको लकेट ( मंगल सुत्र ) लगाएको हात खुट्टाको औलामा मेहेन्दी जस्तो रातो रंग समेत भएको, दुबै कानमा सानो कालो रंगको टप लगाएको, अनुहार हल्का गोरो, अवस्थामा रहेको उचाई ५ फिट ३ ईन्च, हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को महिला । प्रदेश न.२ प्रहरी कार्यालय जनकपुरले प्रेस विज्ञप्ति गरेको छ।


