संवाददाता

रियाद/साउदी अरब | साउदी अरबमा विभिन्न कारणले अवैधानिक रुपमा रहेका ५७ जना नेपालीहरूले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाका लागि विभिन्न समयमा नेपाली दूतावास रियादमा निवेदन दिएकाहरु मध्ये पछिल्लो पटक थप ५७ जनाको बहिर्गमन भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रक्रिया शुरू गरेको जनाएको छ ।
यो प्रक्रियाका थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ५८ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ । यसमध्ये १ हजार १ जना सम्मको सूची यसअघि नै दूतावासले प्रकाशन गरिसकेको छ ।
नेपाली दूतावास रियादको अनुरोधमा साउदी सरकारले बहिर्गमन भिसा जारी गरेका उक्त नेपाली कामदारहरु आफु कार्यरत साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुले आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका र विभिन्न कारणले कम्पनि छोडेर अन्यत्र गएका कारण अवैधानिक हैसियतमा रहेका थिए ।
दूतावासले जारी गरेको सूचना अनुसार यदि कोहि कसैले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिषाका लागि राहदानी तथा इकाइमा पेश गरेअनुरुप दूतावासको सिफारिसमा एक्जिट भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयम् नै जम्मेवार हुनुपर्ने जनाएको छ ।
बहिर्गमन भिसा प्राप्त पछिल्नालो मावली



