
बर्दिया — साढे २३ किलो अफिम र ५ किलो चरेससहित सशस्त्र प्रहरी बल, ३१ नम्बर गण बर्दियाले एक महिलालाई पक्राउ गरेको छ ।
रुकुम बाफिकोट गाउँपालिका—डुले बस्ने ३८ वर्षीया निर्मला बाठा मगरले गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० हुँदै भारत लैजान लागेको अवस्थामा मंगलबार राति पक्राउ उनलाई गरेको छ ।
पक्राउ गरिएकी बाठामगर सित रहेका दुई पुरुष र एक महिला फरार भएको उनलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीबाट लागु औसध मात्रै नभएर गुलरिया—१ घर भएका ४० वर्षीय लालबहादुर विक र पाल्पा बकमालांगुका दानबहादुर मल्ल ठकुरीको नेपाली नागरिकता फेला पनि परेको छ ।
श्रोत कान्तिपुर समाचार