
बिरगंज , असोज २९
कार्यालय समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको नेतृत्वमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरी सहित गएको टोलीले कार्यालयमा छापामारी गरेको हो ।
टोलीले मालपोत कार्यालका पर्साका निमित्त कार्यालय प्रमुख सुमन कुमार झा सहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाल सहित १५ जनालाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी गराउनु भयो।
नियन्त्रणमा रहेका बाहिरी व्यक्तिमा धर्मेन्द्र साह , रमेश यादव , लेख मान कुमार यादव , ज्ञानेन्द्र प्रसाद यादव , बिरेन्द्र कुमार साह , राजेन्द्र प्रसाद चौधरी, बिजय बिक्रम शाह र रबि भुषण प्रसाद पटेल रहेका थिए।
राती ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले निमित्त कार्यालय प्रमुख सहित कर्मचारीसंग सनाखत गराएको छ। यस बिषयमा थप अनुसन्धान भैई रहेको पौडेलले बताउनु भयो ।

