प्युठानमा बस दुर्घटना, दुर्घटनामा दाङका एक ब्यक्तिको मृत्यु

  • ४ कार्तिक २०७७, मंगलवार १३:४२ मा प्रकाशित
  • घोराही, ४ कार्तिक
    प्युठान जिल्लाको गोलबाङमा आज विहान करिब ९:४५ बजे बस दुर्घटना भएको छ । ना ४ ख ५५६१ नम्बरको बस प्युठानको तिरामबाट घोराही जाने क्रममा स्टार्ट नभए पछि धकेलेर स्टार्ट गर्न खोज्दा गुडेको बसको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

    उक्त दुर्घटनामा परि १ ब्यक्तिको मृत्यु भएको छ भने ३ ब्यक्ति घाईते भएका छन । बसमा ३ जना मात्र यात्रु रहेको बुझिएको छ ।

    दुर्घटनामा परि मत्यु हुनेमा दाङ जिल्ला घोराही उप-महानगरपालिका वडा नं. ३ बन्जाडी बस्ने बस चालक ४० वर्षीय तारा राना रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    त्यस्तै घाईते हुनेमा दाङको बंगलाचुली गाउँपालिका बस्ने वर्ष ३० कि बसन्ता बिक, प्युठानको माण्डवी गाउँपालिका वडा नं. १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी र ऎ ऎ बस्ने बर्ष ४५ कि लक्ष्मी खत्री रहेको प्रहरीले जनाएको छ । घाइते उपचारका लागि दाङ लगिएको बुझिएको छ ।

    Leave a Reply