उपचारको लागि आर्थिक सहयोग प्राप्त

  • २९ आश्विन २०७७, बिहीबार २०:११ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज,असोज २९

    पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित पुरुष श्रीलाल महरा चमारको उपचार तथा चेकजाँच गराउनुको लागि अमेरिका बस्ने सामाजिक सेवामा सक्रिय रहने सामाजिक अभियान्ता Dilu Parajuli रु २०३१७ , कृष्ण जिबि पन्त ११२१७ , शशी अधिकारी ५७११ र शम्भु लामिछाने ५७११ आर्थिक सहयोग गर्नु भएको छ।

    उपचारको लागि जम्मा रु. ४२९५५ (ब्यालिस हजार नौव सय पच्पन्न रुपैया) आर्थिक सहयोग भएको छ।
    श्रीलाल महरा चमारको मृगौलामा समस्या भएको छ ।
    उहाँको उपचार भैइरहेको छ।
    यो सहयोग रकम बिरामी श्रीलाल चमारको श्रीमतीको नाममा पेठाईको छ।
    सहयोग गर्ने तथा सहयोगको पहल गर्ने मनकारी दिलु पराजुली लाई धन्यवाद रहेकोे छ।

    पीस फॉर दलितस फाउंडेसन नेपालका अध्यक्ष मनोज रामले जनकारी भयो।

    Leave a Reply