मेरो सलाम छ कोरोना – सलिना मियांँ

  • ५ कार्तिक २०७७, बुधबार २२:१३ मा प्रकाशित
  • सलिना मियाँ गोर्खा “कविता”

    बितेको समयको पछुतो गर्दै सास्कृतिक एकतामा रमाउन सिकायौ ।।
    गाउघरँमा रहेर स्वजन सगं रमाउदै अनुकरणीय मर्म बुझ्न सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमि ले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
    अरुको देशमा रगत पसिना बगाएर हिड्ने नेपाली लाई
    आफ्नै देशमा रगत पसिना बगाउन सिकायौ ।।
    धेरै लगानि गरेर बिदेश जानेका लागि आफ्नै देशमा समृद्ध , सङ्घर्षशिल, आत्मनिर्भर बन्न सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमी ले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
    शहरमा मात्र खुशि मिल्छ भनेर खोज्ने हरुका लागि
    गाउँ घरमा बेसेर खुशि हुँदै उत्सुख हुन सिकायौ ।सहरमा बसेर मिठो मिठो मःम चाउमिन खाजा नभै नखानेका लागि गाउँ घरमा बाझो रहेको खेतबारीमा कोदो मकै रोपि रोटि मकै खान सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई
    धेरै-धेरै कुरा गर्न सिकायौ।।

    अहिले कमाए अहिले खाने रमाउने नेपालीका लागि
    केही सञ्चिता गर्न पर्छ भन्ने कुरा सिकायौ ।।
    शहरमा बसेर चाडपर्वमा मात्र गाउँ प्रत्यागमन गर्ने हजारौं गाउलेबासि लाई
    गाउँ प्रत्यागमन गरेर माया साट्न सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमीले हामी
    नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
    हामी नेपालीका लागि अथाह, अप्रान्य भएको
    बिचार लाई नेपालको गौरव र गाउँ घरको स्मृति गर्न सिकायौ।।

    नेपाल छोडेर धन कमाउन बिदेश गएका नेपाली लाई
    प्रत्यागन गराएर उन्नति प्रगति गर्न सिकायौ ।।

    मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
    विवाह गर्नासाथ गाउँ घर छोडेर सहर बस्ने मानिस लाई
    गाउँ प्रत्यागन गरेर स्वजन सङ्ग घुलमिल हुन सिकायौ ।।
    दशै तिहारमा मात्र गाउँघर जाने दाजुभाइ,दिदिबहिनी,केटाकेटीहरु लाई गाउँमा प्रत्यागन गरेर उकाली ओराली पाखापखेरिमा हिड्न सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमीले
    हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।

    म ठुलो जात म जान्ने म नै धनी भन्ने हरुलाई
    अहङ्कार (रिपु) तोड्न सिकायौ।।

    सास्कृतिक सम्बन्धि परम्परा बिर्सिसकेका नेपालीलाई
    पुरातत्िवक रितिरिवाजमा हिड्न सिकायौ ।।
    मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
    विश्वको हात मिलाउने परम्परा लाई तोडेर हामी सारा नेपालीको नमस्कार गर्ने सस्कारमा जोड् दियौ।।

    मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई नेपालमानै सुन फल्छ त्यसको लागि परिश्रमका साथ आत्मनिर्भर हुन पर्छ। आफ्नै देशमा रगत पसिना बगाउन पर्छ भन्ने कुरा एक चेतनशिल प्राणीलाई बोध गरायौ ।।

    Leave a Reply