
उमेश कुशवाहा,बीरगंज
पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजना र स्माईलफोर मिलियनस संस्था युआरई ,इन्डियनको सहकार्यमा विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता नाराको साथमा राष्ट्रिय बाल दिवसको अवसरमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ केहुनिया बिन्दबासनीमा आज दलित बालबालिकाको लागि कापी कलम वितरण गरिएको छ।
कोरोना भाईरस बाट बच्नको लागि नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। नेपाल भरीको विद्यालय बन्द रहेकोे अवस्था छ। विद्यालय बन्द रहेकोले सबै बालबालिका पढ्न नसक्ने रहेकोे छ,जसमध्ये दलित बालबालिकाहरु पनि धेरै प्रभावित रहेका छ्न।
दलित बालबालिका लकडाउनको कारणले पढाईमा खासै ध्यान नदिएको समस्या छ। घरमै पढने मनसाय पनि नरहेको छ। पढने ईच्छा भएको दलित बालबालिकाको आर्थिक अवस्था कमजोर र अभिभावकको कमाई नभएकोले कापी कलम पनि किन्न नसक्ने भएकोले कापीकलम सहयोग गरेको छौ, ५० जना दलित बालबालिकालाई कापीकलम वितरण गरिएको छ। पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले बताउनु भयो।
दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियान अन्तर्गत कापीकलम वितरण गरिएको छ।
यस कापीकलम वितरणले दलित बालबालिकालाई घरमा पढ्ने बाताबरण सृजनाको साथै दलित बालबालिका प्रोत्साहित हुनेछ्न। कापीकलमको बहानाले घरमा नपढने वातावरणको अन्त्य हुन्छ।
कापीकलम पाएर एक दलित बालक कृष्ण कुमार राम ले भन्ने” खुसी भएको छु र धन्यवाद छन। “अब हामी घरमा केही पढने छौँ । त्यसैगरी अर्को बालिका संगिता कुमारी दुसादले भनिन आमा बुबालाई कापीकलम किन्न भन्दै थिए किन्न्नु भएको छैन। अब राम्रो भयो। म घरमा पढ्ने छु।
यस कार्यक्रममा राष्ट्रिय बाल दिवसमा विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता नाराको साथ बाल दिवस मनाईएको छ।
यस कार्यक्रममा दलित बालबालिकाको अधिकार , शिक्षाबारे, विद्यालय टिकाउ बारे , विद्यालय निरन्तरता बारे दलित बालबालिकालाई जानकारी गराईएको छ।
यस राष्ट्रिय बाल दिवस कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको बिरगंज संयोजक दीपेन्द्र राम, सदस्य राजपती देवि , १०१ दलित युवा नेतृत्वको संयोजक सुरेन्द्र पासवान र दलित बालबालिकाको सहभागिता रहेकोे छ ।
पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज रामले संचालन गर्नु भएको थियो।

