
चितवनको नारायणगढ-मुगलिन सडकको चोरखोलामा सुख्खा पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।
उक्त पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो हटाउन र ट्राफिक आवागमन पुनः सुरु गर्न केही समय लाग्ने चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर दया कृष्ण भट्ट ले जानकारी गराउनु भयो ।

