तिम्राे जस्तै सपना मेराे छ, डियर कविता पत्रकार नारायण खड्काकाे

  • १९ भाद्र २०७७, शुक्रबार १८:५६ मा प्रकाशित
  • नारायण खड्का  (कविता)

    तुलसिपुर १९ भाद्र

    • तिम्रो जस्तै सपना, 

    मेरो छ, डियर

    आलिसान बंगलामा बस्ने

    वरिपरी कम्पाउन्ड वाला

    कारमा गुड्ने

    कालो सिसावाला।।
    खैर, म कुनै औषधी व्यापारी परिनँ

    कुनै ठेकेदार पनि परिनँ

    नदी खोलाहरु दोहन गर्ने

    • म जग्गा दलाली पनि परिनँ

    मेरो क्रसर उद्योग पनि छैन

    कुनै दलको नेता वा मन्त्री पनि भइनँ

    सरकारले गाडी मोटर किनिदिने

    अहिलेका जस्ता जनप्रतिनिधि पनि परिनँ ।।
    म बबुरो पत्रकार!

    • सधैँ अक्षरसँगको संगत

    खबरसँग साक्षात्कार

    त्यसैले कहाँ पाउनु कार

    अनि कहाँ हुन्छ, डियर

    मेरो बंगला।।

    • तिम्ले कल्पना गरे जस्तो

    सुनका सुर्कीले पनि बाँध्न सकिनँ

    तिम्लाई जनावर बनाएर

    मिनि स्कटमा सजाएर

    तिम्लाई रोदी डिस्को र पार्टी प्यालेसहरु लैजान सकिनँ।।


    सरी डियर, म बबुरो पत्रकार!

    • म त सधैँ लखर-लखर हिड्छु

    वर्षौं भो, यसरी काम गर्न लाको

    तर, जागिर र भविष्यको कुनै ग्यारेन्टी छैन

    अरु पेशामा जस्तो

    न कुनै उपदान

    न कुनै पेन्सन।।

    • काम छोडेको दिन रित्तो हात फर्कियो

    न सम्पत्तिमा चोर लाग्ला भन्ने टेन्सन

    निकै सहज र हलुंगो मृत्यु मर्नु छ।

    सुनेको छु,

    • धनीहरुलाई प्राण त्याग्न निकै सकस हुन्छ रे,

    अनेक हतकण्डा गरेर थुपारेको सम्पत्तिले

    उनीहरुलाई ढुंगाले जस्तै

    छातीमा गरुङ्गो बनेर छिच्छ रे।।


    त्यसैले मलाई यही जीवन प्यारो छ

    सरी डियर, म बबुरो पत्रकार!

    स्राेत समाजिक सञ्जाल

    Leave a Reply