
रियाद/साउदी अरब | साउदी अरबलाई कर्मथलो बनाई छुट्टीमा घर गएका आप्रवासी कामदारहरू पुन: साउदी अरब फर्किन पाउने भएको छ । नेपाली दूतावास रियादले बिहिबार सुचना जारी गर्दै साउदी सरकारले १५ सेप्टेम्बर २०२० बाट लागु हुने गरी साउदी अरबको भिषा म्याद नसकेका आप्रवासी कामदार र अन्य नागरिकहरू तोकिएका मापदण्ड पुरा गरेर साउदी अरब फर्किन सक्नेगरी खुल्ला गरेको बताईएको छ।
दूतावासको सुचना अनुसार साउदी फर्किन मिल्ने गरी छुट्टीमा गएका कामदारहरूको भिषा म्याद सकिएकाहरूको सम्बन्धमा ३० सेप्टेम्बर २०२० सम्म ईकामा र भिषा स्वत: नविकरण हुने बताईएको छ।
दूतावासले सुचनामा साउदी फर्किने विदाबाट फर्किने वा पुन: आगमन भिषामा गएकाहरूले आफ्नो कम्पनीले आउन अनुमति दिएको कागजात अनिवार्य रूपमा प्राप्त गर्नु पर्ने छ र कम्पनीले आउने अनुमति नदिँदा सम्म पुनरागमन भिषाकै आधारमा यात्रा नगर्न पनि दूतावासले अनुरोध गरेको छ।
दूतावासको सुचना: जस्ताको त्यस्तै


