आज १ हजार ५ सय १३ जना थप कोरोना संक्रमित, संक्रमितहरुको संख्या ७६ हजार २ सय ५८ पुग्यो

  • १३ आश्विन २०७७, मंगलवार १८:०४ मा प्रकाशित
  • काठमाडौ, १३ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार ५ सय १३ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ९ सय ५७ र महिला ५ सय ५६ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ३५ लाख ५७ हजार ९ सय ५९ रहेको छ भने मृत्यु हुने विरामीको संख्या १० लाख ६ हजार ४ सय ७१ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ४८ लाख ८२ हजार १ सय ८६ जना रहेको छ ।

    प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या ७ सय ३१ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १० हजार ८ सय ९१ रहेको छ ।

    त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय ७१ रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या १० लाख ९ हजार २ सय ९८ रहेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ७ सय ०७ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या ९ हजार ६ सय ८९ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ५ हजार ७ सय ७८ रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा ३ सय ५७ जना, प्रदेश नं. २ मा ६ सय ९८ जना, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ जना, गण्डकी प्रदेशमा ४ सय ४६ जना, प्रदेश नं. ५ मा ८ सय १४ जना, कर्णाली प्रदेशमा ३ सय ५३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ सय ८९ जना रहेको छ ।

    त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ३ सय ७१ जना, प्रदेश नं. २ मा ६ सय २२ जना, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ जना, गण्डकी प्रदेशमा ४ सय ८९ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ९० जना, कर्णाली प्रदेशमा २ सय ४२ जना र सुदुरपश्चिम प्रदेशमा १ सय ४६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ६ सय ४१ जना, प्रदेश नं. २ मा २ सय २२ जना, बागमती प्रदेशमा ५ सय ४९ जना, गण्डकी प्रदेशमा ६ सय ४१ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय १३ जना, कर्णाली प्रदेशमा ६ सय ७४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ७ सय ३८ जना रहेको छ ।

    त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ५ हजार ७० जना, प्रदेश नं. २ मा १३ हजार ५ सय ६३ जना, बागमती प्रदेशमा १५ हजार ३ सय ११ जना, गण्डकी प्रदेशमा ३ हजार २ सय ९३ जना, प्रदेश नं. ५ मा ८ हजार ५ सय ७१ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ६ सय ९८ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय १३ रहेको छ । जसमा प्रदेश न.१ मा १६ जना, प्रदेश न. २ मा १८ जना, बागमती प्रदेशमा १ सय १० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४४ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा २ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३४ जना रहेका छन । जसमा प्रदेश न.१ मा ५ जना, वागमती प्रदेशमा २६ जना प्रदेश न.५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १० ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ७ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४ जना र प्रदेश ५ मा ३ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ९१ पुगेको छ ।

    Leave a Reply