आज १ हजार २ सय ४६ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुग्यो

  • १ आश्विन २०७७, बिहीबार १८:११ मा प्रकाशित
  • काठमाडौ, १ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार २ सय ६जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय १८ र महिला ४ सय २८ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८ सय ८३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ०३ जना र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष १ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ८३ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ४३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ७ सय ७१ जना, प्रदेश नं. २ मा ११ हजार ७ सय १७ जना, बागमती प्रदेशमा ९ हजार ४ सय ११ जना, गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना, प्रदेश नं. ५ मा ६ हजार ८ सय ७१ जना, कर्णाली प्रदेशमा २ हजार ६ सय ०८ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १६ हजार २ सय ४१ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ३ सय ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ७२ जना, प्रदेश नं. २ मा १ हजार २ सय ८७ जना, बागमती प्रदेशमा ४ हजार १ सय ८७ जना, गण्डकी प्रदेशमा १ सय ८२ जना, प्रदेश नं. ५ मा १ हजार ६७ जना, कर्णाली प्रदेशमा १ सय ३० जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय १३ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ९ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय ३० जना, प्रदेश नं. २ मा ६ सय ८७ जना, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ जना, गण्डकी प्रदेशमा ७ सय ८८ जना, प्रदेश नं. ५ मा ९ सय १८ जना, कर्णाली प्रदेशमा २ सय ४९ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय ७७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ८ सय ८३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ३९ जना, प्रदेश नं. २ मा ४ सय ३२ जना, बागमती प्रदेशमा ५ सय जना, गण्डकी प्रदेशमा ५ सय ६१ जना, प्रदेश नं. ५ मा २ हजार जना, कर्णाली प्रदेशमा ८ सय १७ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ३४ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ८२ रहेको छ । जसमा प्रदेश न.१ मा ७ जना, प्रदेश न. २ मा ९ जना, बागमती प्रदेशमा १ सय २९ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३९ जना रहेका छन । जसमाप्रदेश न.१ मा १ जना, वागमती प्रदेशमा ३७ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा सोलुखुम्बु, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ४२ हजार ७ सय ७६ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ४५ हजार १ सय ६६ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड १८ लाख ०८ हजार ५ सय ८२ जना रहेको छ ।

    Leave a Reply