
काठमाडौ, २७ भाद्र
नेपालमा विगत २४ घण्टामा १ हजार २ सय १ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ८५ र महिला ४ सय १६ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय ५४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १ सय ०७ जना र होम आइसोलेसनमा ६ हजार १ सय ५३ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण १४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ११ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ४ जना र प्रदेश ५ मा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ३६ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ५२ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ३ सय ९० जना, प्रदेश नं. २ मा १० हजार ५ सय २३ जना, बागमती प्रदेशमा ६ हजार ८ सय २० जना, गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना, प्रदेश नं. ५ मा ६ हजार ३ सय १२ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार २ सय ६० जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार १ सय ५३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ३३ जना, प्रदेश नं. २ मा १ हजार ५ सय ४५ जना, बागमती प्रदेशमा २ हजार ५ सय १७ जना, गण्डकी प्रदेशमा ७६ जना, प्रदेश नं. ५ मा ६ सय ५४ जना, कर्णाली प्रदेशमा १ सय २ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय २६ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार १ सय ०७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय ३२ जना, प्रदेश नं. २ मा ८ सय ५७ जना, बागमती प्रदेशमा ५ हजार १ सय ४६ जना, गण्डकी प्रदेशमा ८ सय ३० जना, प्रदेश नं. ५ मा १ हजार २ सय ६३ जना, कर्णाली प्रदेशमा २ सय ४९ जना, र सुदुरपश्चिम प्रदेशमा ४ सय ३० जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ३ सय ५४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय १४ जना, प्रदेश नं. २ मा ५ सय ६० जना, बागमती प्रदेशमा ५ सय १० जना, गण्डकी प्रदेशमा ५ सय ६१ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ९२ जना, कर्णाली प्रदेशमा ७ सय २३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ७ सय ९४ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६० रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा ९ जना, बागमती प्रदेशमा १ सय ९ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २४ जना रहेका छन । जसमा वागमती प्रदेशमा २१ जना, प्रदेश नं. ५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ६ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, चितवन, ललितपुर, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ८६ लाख ७० हजार ४४ रहेको छ भने सक्रिय संक्रमित संख्या ७१ लाख ५६ हजार १ सय ८२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख १९ हजार ९ सय २२ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ५ लाख ९३ हजार ९ सय ४० जना रहेको छ ।

