आज १ हजार १ सय ७२ जना थप कोरोना संक्रमित, संक्रमितहरुको संख्या ६७ हजार ८ सय ०४ पुग्यो

  • ७ आश्विन २०७७, बुधबार १९:३४ मा प्रकाशित
  • काठमाडौ, ७ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ४६ र महिला ४ सय २६ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ०४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना र होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष १ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३ जना र प्रदेश ५ मा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय २९ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार ५ सय १६ जना, प्रदेश नं. २ मा १२ हजार ७ सय ६० जना, बागमती प्रदेशमा १२ हजार ८ सय १२ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना, प्रदेश नं. ५ मा ७ हजार ७ सय ७५ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ३ सय ६८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ४ सय १४ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार १ सय ८६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय २२ जना, प्रदेश नं. २ मा ७ सय २५ जना, बागमती प्रदेशमा ५ हजार ५ सय १६ जना, गण्डकी प्रदेशमा २ सय ८६ जना, प्रदेश नं. ५ मा ७ सय १७ जना, कर्णाली प्रदेशमा २ सय २५ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ९५ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार २ सय २५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४१ जना, प्रदेश नं. २ मा ८ सय ६३ जना, बागमती प्रदेशमा ४ हजार ६ सय ५० जना, गण्डकी प्रदेशमा ६ सय ३६ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ५९ जना, कर्णाली प्रदेशमा २ सय ८९ जना र सुदुरपश्चिम प्रदेशमा ३ सय ९० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार १ सय ०४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ९५ जना, प्रदेश नं. २ मा ३ सय ३७ जना, बागमती प्रदेशमा ५ सय ३६ जना, गण्डकी प्रदेशमा ५ सय ०९ जना, प्रदेश नं. ५ मा १ हजार ७ सय २४ जना, कर्णाली प्रदेशमा ७ सय १९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ४ सय ८४ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २० रहेको छ । जसमा प्रदेश न.१ मा १४ जना, प्रदेश न. २ मा १८ जना, बागमती प्रदेशमा १ सय २८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४१ जना, कर्णाली प्रदेशमा १३ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ४३ जना रहेका छन । जसमा प्रदेश न.१ मा ३ जना, वागमती प्रदेशमा ३७ जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड १८ लाख १६ हजार ६ सय ५० रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ७६ हजार २१ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ३४ लाख २० हजार ७ सय ४६ जना रहेको छ ।

    Leave a Reply