
समर्पण
मुग्लिन, ७ असोज २०७७! चितवनको इच्छाकामना गाउँपालिका वरिपरि हिजो बेलुका देखि मौसम सक्रिय भएर अविरल बर्षा भइ रहेको हुँदा अत्यावश्यक काममा बाहेक घरमै सुरक्षित रूपमा बस्नका लागी गाउँपालिका निवासी सम्पुर्ण जनमानसलाइ उपाध्यक्ष कृति श्रेष्ठले अनुरोध गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठले आफ्नो फेसबुक मार्फत अनुरोध गर्दै यस प्रतिकुल मौसमको समयमा इच्छाकामना गाउँपालिकामा आ आफ्नो टोल छिमेकमा कुनै प्राकृतिक बिपत्ति या अन्य समस्या परेमा आफ्नो मोबाइल नम्बर दिँदै तुरुन्तै कल गर्न अनुरोध गरेका छन् ।
चितवनको एक मात्रै इच्छाकामना गाउँपालिकामा बिगतका दिनहरुमा पनि आइपरेका यस्ता भुकम्पपीडित , बाढिपिड्त, तथा कोरोना पीडित, थुप्रै प्राकृतिक बिपत्तिमा जनता पीडितको लागि डटेर उहाँहरुको घर आगान पुगेर स्थानीय निकायका अध्यक्ष गिता कुमारी गुरुङ तथा उपाध्यक्ष कृति कुमार श्रेष्ठ सहितको टोलिले समस्या समाधानमा दिलो ज्यान दिदै आउनु भएको छ । कुनैै समस्या परेमा उहाँको ब्यक्तिगत सम्पर्क नम्बर ९८५५०५६१८५ मा कल गर्नुहोला ।

