तुलसिपुर २६ भाद्र
पश्चिम दाङमा माेटरसाइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् ।
घाइते हुनेमा बबई गाउँपालिका–६ चौपारी निबासी २२ बर्षका प्रकाश विक र सोही वडाको बुटनिया निबासी २९ बर्षकी संगिता विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए।
घाइते २ जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । तुलसीपुरबाट पञ्चकुले जाँदै गरेको रा१प ३१०५ नम्बर मोटरसाईक तिब्रगतिका कारण अनियन्त्रीत भएर पल्टिदा चालक प्रकाश र पछाडी सवार संगिता घाइते भएका हुन् । घटना आज दिउसाे भएकाे थियाे ।


