तुलसिपुर २१ भाद्र
एक हप्ता सम्मकाे लागि दाङमा लकडाउनकाे अवधि लम्ब्याईएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन केन्द्रको आईतबार बसेको बैठकले समुदाय स्तरमा कोरोना देखिएकाले भदौ २८ गतेसम्म लकडाउन थपेको छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले लकडाउन पहिलेको भन्दा खुकुलो हुने जानकारि दिनुभएकाे छ ।
विहान १२ बजेसम्म बजार खुल्ने, सार्वजनिक सवारी बन्द गिरने र १२ बजे सम्मका लागि निजि सवारि साधनमा जाेर विजाेर नम्बर लागु गिरने प्र.जि.अ रिजालकाे भनाइ रहेकाे छ ।


