तुलसीपुरमा कन्ट्याक्ट् ट्रेसिंग टिमलाई अभिमुखिकरण

  • २३ भाद्र २०७७, मंगलवार १५:१५ मा प्रकाशित
  • तुलसीपुर, दाङ, २३ भाद्र
    तुलसीपुरमा आज एक कार्यक्रमको आयोजना गरि कन्ट्याक्ट् ट्रेसिंग टिमलाई अभिमुखिकरण गरिएको छ । उक्त कार्यक्रमको आयोजना स्वास्थ्य कार्यालय दाङले गरेको थियो ।

    स्वास्थ्यका लागि सक्षम प्रणालीको आर्थिक सहयोग र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा तुलसीपुरमा कोभिड रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु र कन्ट्याक्ट ट्रेसिंग टिमको सहभागिता रहेकोे थियो ।

    कार्यक्रममा कन्ट्याक्ट ट्रेसिंग टिमलाई कोरोना संक्रमित व्यक्तिहरुको कसरी ट्रेसिंग गर्ने, कसरी सकृय केसहरूलाई व्यवस्थापन गर्ने, पिसिआर परिक्षणका लागि के कस्ता मापदण्ड अपनाउने र कन्ट्याक्ट ट्रेसिंग फाराम कसरी भर्ने जस्ता विषयमा सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो ।

    अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद वहादुर शाही, विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा पवन उपाध्याय, जिल्ला कोभिड फोकल पर्सन कमल चन्द, प्रविण तिमिल्सिना लगायतका ब्यक्तिहरुले प्रशिक्षण दिएका थिए। कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

    Leave a Reply