आज ९ सय ०२ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

  • २३ भाद्र २०७७, मंगलवार १८:४९ मा प्रकाशित
  • काठमाडौ, २३ भाद्र
    नेपालमा विगत २४ घण्टामा ९ सय ०२ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ९५ र महिला ३ सय ०७ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३ सय १० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष ५ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा ० जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ६ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ८७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ८ सय १६ जना, प्रदेश नं. २ मा ९ हजार ५ सय २३ जना, बागमती प्रदेशमा ५ हजार ०४ जना, गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना, प्रदेश नं. ५ मा ५ हजार ७ सय ५१ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ८ सय ६८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ८ सय १५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ४० जना, प्रदेश नं. २ मा २ हजार ५ सय जना, बागमती प्रदेशमा २ हजार ४ सय २९ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ७ सय ८४ जना, कर्णाली प्रदेशमा ४० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय २२ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ६ सय ६४ जना, प्रदेश नं. २ मा ३ सय ५३ जना, बागमती प्रदेशमा ४ हजार ३ सय ५३ जना, गण्डकी प्रदेशमा ७ सय ५७ जना, प्रदेश नं. ५ मा ८ सय ९० जना, कर्णाली प्रदेशमा ३ सय ०६ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ३० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ३ सय १० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ९४ जना, प्रदेश नं. २ मा ५ सय ९२ जना, बागमती प्रदेशमा ४ सय ५२ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार ४६ जना, कर्णाली प्रदेशमा ५ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार १ सय ०८ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ४४ रहेको छ । जसमा प्रदेश न.१ मा ६ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ३ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २३ जना रहेका छन । जसमा वागमती प्रदेशमा २२ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा ताप्लेजुङ, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, सर्लाही, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७५ लाख १९ हजार ४ सय ३३ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख १० हजार ९ सय ०४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ९७ हजार ४ सय ९२ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९६ लाख ११ हजार ३७ जना रहेको छ ।

    Leave a Reply