पर्सागढ़ी नगरपालिकाका प्रमुखलाई उपचारमा सुधार नआएपछि हेलीकप्टरबाट काठमाण्डौ लगियो।

  • २६ श्रावण २०७७, सोमबार १८:०४ मा प्रकाशित
  • उमेश कुशवाहा

    बीरगंज साउन २६ बीरगंज स्थित तराई हॉस्पिटलमा उपचार्थ रहेका पर्सागढ़ी नगरपालिका का नगर प्रमुख लोकनारायण यादव लाई थप उचारको लागि काठमाडौं लागिएको छ।

    उनलाई हेलीकाप्टरबाट काठमाण्डौ लागिएको हो।

    स्वास्थ्य स्थितिमा सुधार नभएकोले पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवलाई थप उपचारका लागि काठमाडौं गएका छन् ।

    नगरप्रमुख यादव शुक्रबार दिउँसो बीरगंज स्थित तराई हस्पिटलमा श्वासप्रश्वासमा समस्या साथै रुगाखोकी र ज्वरो आएपछि भर्ना भएका थिए ।

    तराई अस्पतालका निर्देशक डा. रोशन कुर्मीले नगर प्रमुख यादवलाई निमोनिया र रुगा खोकिको लक्षण देखिए जानकारी गराएका थिए ।

    नगरप्रमुख मेयर लोक नारायण यादवले हॉस्पिटल आउदा उनको श्वासप्रश्वासमा समस्याका कारण अक्सिजन लेभल समेत कम भएको थियो र अवस्था गम्भीर रहेको थियो डा. कुर्मीले भन्नु भयों।

    निमोनियाको लक्षण देखिएपछि उनलाई छूटै वार्डमा रखी उपचार भइरहेको थियो।

    नगरप्रमुख यादव काठमाडौँ पुगेर आएपछि आफ्नो कोरोना परिक्षण गराएका थिए ।

    बिहिबार परिक्षणको रिपोर्ट आउँदा उनमा कोरोना नदेखिएको उनका स्वकीय सचिव आकाश साहले बताएका थिए ।

    तर अहिले उपचार प्रश्चात स्वास्थमा सुधार नभएकोले काठमाण्डौ लागिएको हो।

    Leave a Reply