नेपाल प्रवासी चिनियाँ व्यापार संघद्वारा बाढीपीडितको लागि तिन लाख बराबर को सहयोग

  • १८ श्रावण २०७७, आईतवार २१:०४ मा प्रकाशित

  • सुशील सुबेदी
    नेपाल प्रवासी चिनियाँ व्यापार संघले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाका बाढीपीडितको लागि रु तीन लाख पचास हजार बराबरको बराबरको म्याट्रेस सहयोग गरेको छ ।

    उक्त्त सहयोग आज गाँउपालिका प्रमुख राजकुमार पौडेललाइ लाई हस्तान्तरण गरिएको हो । विपत्तिको यस घडीमा सहयोग गर्न पाएकोमा नेपाल प्रवासी चिनियाँ व्यापार संघले खुशी व्यक्त गरेको छ ।

    यो विपतकालिन अवस्थामा सहयोगको हात फ‌ैलाउनुहुने सहयोगी मनका धनीहरुमा भोटेकोशी गाँउपालिका प्रमुख राजकुमार पौडेलले विशेष धन्यवाद साथै आभार प्रकट गर्नुभएको छ ।

    गत असार महिनाको बाढी पहिरोले जनधनको ठुलो क्षति भएको थियो ।

    Leave a Reply