
काठमाडौं, १२ भदौ,
आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा
एक पुरुष र एक महिला र मध्यपुरठिमीमा रहेको नागरिक अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।
अत्यधिक ज्वरो, खोकी, दम र स्वास फेर्न समस्या भइ बि एण्ड सी टिचिङ अस्पताल झापाबाट रेफर भएका ती झापाका ८३ वर्षीय पुरुष भदौ ३ गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालका अनुसार सोही दिन कोरोना पोजिटिभ पुष्टि भएका ती पुरुष मृगौला, मधुमेह, उच्चरक्तचापको समस्याबाट समेत पीडित रहेका थिए । निजको शुक्रबार विहान ३ः४५ बजेमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै आज मृत्यु हुने मोरङकी ५६ वर्षीय महिला पनि भाद्र ९ गते अस्पताल भर्ना भएकी थिइन्। अत्याधिक ज्वरो, खोकी, स्वास फेर्न समस्या भएपछि कोशी अस्पतालबाट रिफर भएकी थिइन्।
उनमा ९ गते नै कोरोना पोजिटिभ पुष्टि भएको थियो ।अस्पतालका अनुसार उनको आज बिहान ३ः१४ बजे मृत्यु भएको थियो ।
त्यस्तै आज मृत्यु हुने अर्कि महिला मध्यपुर ठिमी नपा ३ कि ६२ वर्षिय महिला रहेकी छन । उनमा दम, उच्च रक्तचाप लगायतका समस्या देखिए पछि गए राती मध्यपुर ठिमी स्थित नागरिक अस्पताल ल्याइएको थियो ।
अस्पतालका अनुसार उपचार सुरु गर्नु पहिला नै निजको मृत्यु भइसकेको थियो । सोही राती नै स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

