
काठमाडौं, १७ साउन
नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा निवासी ६८ वर्षीय महिला एक महिला रहेकी छिन ।
उनको वीरगञ्जस्थित नारायणी कोभिड-१९ विशेष अस्पतालको आइसियूमा उपचारका क्रममा शनिबार मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । योसँगै कोरोना संक्रमित भै मृत्यु हुने ब्यक्तिको संख्या ५७ पुगेको छ ।
अस्पताल भर्ना भइ उपचाररत उक्त महिलाको शुक्रबार पिसिआर प्रविधीबाट स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखीएको थियो।

