
काठमाडौं : अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कुलमान घिसिङको विषयमा सरकारले कुनै निर्णय नगरेको बताएका छन्।
बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिकपछि सञ्चारकर्मीले नेपाल विद्युत प्राधिकरणमा घिसिङको पुनर्नियुक्तीबारे प्रश्न गरेका थिए।
सोमवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा खतिवडाले सरकारले यसबारे प्रस्ताव पनि नआएको बताए।
‘यो सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला। सरकारलाई यसबारे केही थाह छैन,’ प्रवक्ता डा खतिवडाले भने। पहिलोपोस्ट.कम बाट ।

