आज थप १ हजार १ सय ११ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो

  • ११ भाद्र २०७७, बिहीबार २०:१४ मा प्रकाशित
  • काठमाडौ, ११ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ७७ र महिला ३ सय ३४ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । जसमा पुरुष २८ हजार १ सय ५० र महिला ७ हजार ३ सय ७९ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १२ हजार ६ सय २९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २ सय १० जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ८ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ८३ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २० जना, प्रदेश न. २ मा ७५ जना, बागमती प्रदेशमा ३९ जना गण्डकी प्रदेशमा ९ जना, प्रदेश नं. ५ मा २६ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५ सय ६९ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २० हजार ७३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४ सय ९१ जना, प्रदेश नं. २ मा ४ हजार ४ सय ५८ जना, बागमती प्रदेशमा ९ सय ४६ जना, गण्डकी प्रदेशमा १ हजार ६ सय ७० जना, प्रदेश नं. ५ मा ४ हजार ७ सय ०२ जना, कर्णाली प्रदेशमा २ हजार २५ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २ सय १० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय ७७ जना, प्रदेश नं. २ मा ३ हजार ८ सय ०४ जना, बागमती प्रदेशमा १ हजार ५ सय २८ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ४ सय ०७ जना, कर्णाली प्रदेशमा २७ जना, र सुदुरपश्चिम प्रदेशमा ४९ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ६३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ३५ जना, प्रदेश नं. २ मा १ हजार ८ सय १८ जना, बागमती प्रदेशमा ३ हजार ५ सय ३ जना, गण्डकी प्रदेशमा ४ सय ११ जना, प्रदेश नं. ५ मा ९ सय ८३ जना, कर्णाली प्रदेशमा ३ सय ७२ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ४१ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ९ हजार ४ सय ८८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ०२ जना, प्रदेश नं. २ मा ९ सय २३ जना, बागमती प्रदेशमा ७ सय ५४ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ६६ जना, प्रदेश नं. ५ मा १ हजार ६ जना, कर्णाली प्रदेशमा ५ सय ०१ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३६ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ४७ रहेको छ । जसमा प्रदेश न.१ मा ११ जना, प्रदेश न. २ मा ४४ जना, बागमती प्रदेशमा ७१ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १८ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १७ जना रहेका छन । जसमा प्रदेश नं.१ मा २ जना र वागमती प्रदेशमा १५ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ४३ लाख ९५ हजार २१ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख ३८ हजार ६ सय ६४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ३० हजार ८ सय २५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ६९ लाख २५ हजार ५ सय ३२ जना रहेको छ ।

    Leave a Reply