वसन्त अनुभव

घोराही उपमहानगरपालिका वडा नं.१५ घोराही दाङमा अवस्थित हाम्रो नोबेल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औ स्थापना दिवसको अवसरमा घोराही स्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र, दाङ शाखालाई खाद्यान्न तथा फलफुल सहयोग गरेको छ । सहयोग हस्तान्तरण गरिएको खाद्यसामग्रीमा चामल, दाल, तेल, नुन, चियापत्ती, चिनी, केरा, आलु, चिउरा, भुजा, नमकिन आदि रहेको छ ।
उक्त कार्यक्रममा हाम्रो नोबेल साकोसका संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरु, कर्मचारीहरु लगायत अपांग संघकी उपाध्यक्ष, कोषाध्यक्ष लगायत अपांग ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
बिगत झै यस वर्ष पनि आफ्नो स्थापना दिवस सामाजिक क्रियाकलाप गरि मनाउने भन्ने संचालक समितिको निर्णय बमोजिम खाद्यान्न राहत वितरण गरिएको संस्थाकी अध्यक्ष सुषमा कुमारी रेग्मीले बताउनु भयो । उक्त अवसरमा अध्यक्ष रेग्मीले संस्थाको बारेमा छोटो जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाका अध्यक्ष एवं पत्रकार शरद अधिकारिले खाद्यान्न तथा फलफुल सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

हाम्रो नोवेल साकोसकी अध्यक्ष सुषमा कुमारी रेग्मिले सभापति अधिकारीलाई खाद्य समाग्री हस्तान्तरण गर्नुभएको थियो । सहयोग सामग्री ग्रहण गर्दै सभापति शरद अधिकारीले संस्थाको बारेमा छोटो मन्तब्य पनि राख्नु भएको थियो । सभापति अधिकारीले अपांगहरुको संरक्षण र पुनःस्थापनाका ब्यक्ति र संस्था मात्र लागेर केही नहुने र त्यसका लागि सरकार नै गंभिर भएर लाग्नुपर्ने बताउनु भयो ।

