सुशील सुबेदी
सिन्धुपाल्चोक जिल्ला तत्काललाई कोरोना मुक्त भएको छ । सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको
जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सबै विरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको हो।
संक्रमितमध्ये ६३ जनाले कोरोना जितेको उहाँले बताउनुभयो । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको थियो।
शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्न उहाँले सुझाउनु भएको छ ्।
कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।


